माओवादी बन्दसत्रमा माग : महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्छ
काठमाडौं । नेकपा माओवादी केन्द्रमा महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्ने माग उठेको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रममा १३ नम्बर समूहका नेता गोपाल शर्माले भनेका छन्, ‘पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको भन्ने बाहिर आइरहेको छ । यसलाई पनि ख्याल गरिनुपर्छ । महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ ।’
उनले जनवर्गीय संगठनहरुमा नेतृत्व र पदाधिकारीविहीन बनाउँदा राम्रो सन्देश नगएको बताए । ‘महाधिवेशनमा पनि यो स्थिति पैदा हुनु हुँदैन,’ उनले भने, ‘माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई समेत कमजोर बनाइएको छ ।’
उनले प्रचण्डपथलाई प्रचण्ड विचारधाराका रुपमा अघि बढाइनुपर्ने समेत बताएका छन् ।
उपत्यका विशेष प्रदेशको समूहका टोली नेता जगत सिम्खडाले पनि प्रचण्डपथलाई ब्यूँताउनुपर्ने मत समूह छलफलमा आएको जानकारी गराएका छन् ।
सम्पर्क समन्वय विशेष प्रदेश कमिटी नेता श्रीकृष्ण अधिकारी (बिबेक शर्मा)ले दस्तावेजमा भारतीय विस्तारवाद, हिन्दु अतिवादले नेपालमा पारेको असर उल्लेख गर्नुपर्ने बताए ।
समूहगत छलफलका निष्कर्षहरु प्रस्तुत भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्नेछ, त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...