ताजा समाचार

नेपाली सेनाले माग्यो २२९ क्याडेट अधिकृत

काठमाडौँ  । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट मागेको छ । सेनाले आज विज्ञापन खुलाएर २२९ जना अधिकृत क्याडेट मागेको हो ।

सेनाले खुलामा १२० जना, शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ जना, महिला २१ जना, आदिवासी जनजाती ३३ जना, मधेसी २९ जना, दलित १५ जना  र पिछडिएको क्षेत्रबाट ५ जनाको कोटा छ ।

माघ १७ गतेसम्म उमेर पुगेका नेपालीले आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिने सेनाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org