ताजा समाचार

सत्ता साझेदार दलहरुको बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  बिहान ९ बजे बैठक बस्नेछ ।

राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका दलहरू कसरी अगाडि बढ्ने भन्ने विषय बैठकको मुख्य एजेण्डा छ । रिक्त १९ पदमध्ये कसले कति सिट पाउने लगायत विषय छलफल हुने बताइएको छ ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चा छन् ।

माघ १२ मा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदै छ । मंगलबार उमेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । २१ गते उमेदवारीमा दाबी विरोध, २२ र २३ गते उजुरीमाथि जाँचबुझ, २४ गते उमेदवारले नाम फिर्ता र २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org