प्रचण्डलाई दियो अमेरिकाले बधाई
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकाले बधाई दिएको छ।
माओवादीको आठौं महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड पुन: अध्यक्ष चयन भएका थिए। उनलाई सोमबार माओवादीको केन्द्रीय कमिटीले निर्विरोध अध्यक्ष चयन गरेको थियो।
काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुन: अध्यक्ष भएकोमा बधाई दिएको हो।
‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुन: चयन हुनु भएकोमा प्रचण्डलाई बधाई! अमेरिका संसारभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाका लागि प्रतिवद्ध छ,’ ट्वीटमा भनिएको छ।
Congratulations to Pushpa Kamal Dahal @cmprachanda for his re-election as the Chairman of the CPN (MC). The U.S. remains committed to democracy around the world and the democratic processes of Nepal.
— U.S. Embassy Nepal (@USEmbassyNepal) January 4, 2022
यसअघि काठमाडौंस्थित अमेरिकी दूतावासले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि पुन: अध्यक्ष निर्वाचित भएकोमा बधाई दिएको थियो।
नेपालमा पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेमा राजनीतिक वृत्त विभाजित छ। नेकपा (माओवादी केन्द्र) ले उक्त सम्झौता परिमार्जन नगरी संसदबाट पारित गर्न नहुने पक्षमा छ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...