ताजा समाचार

उखु किसानको बक्यौता भुक्तान नगरे अनसन बस्ने सत्तारुढ दलका सांसद मोदीको चेतावनी

काठमाडाैँ । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले सरकारले तत्काल उखु किसानहरुको बक्यौता रकम भुक्तानी नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिएका छन्। मंगलबार सिंहदरवारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सत्तासाझेदार दलका सांसदले अनसन बस्ने चेतावनी दिएका हुन्।

सांसद मोदीले उखु किसानहरुले पटकपटक आन्दोलन गर्दा पनि सरकारले उनीहरुलाई भुक्तानी नदिएको भन्दै अव आफैं आमरण अनसनमा बसेर भुक्तानी दिलाई छाडने अठोट व्यक्त गरे। उनले उखु किसानहरुको भुक्तानी दिलाउने गरी आवश्यक मोडल बनाउन सरकारलाई कुनै समस्या नरहेको दावीसमेत गरे।

‘अब मजदुरहरु, किसानहरुको बारेमा राज्यले सुन्दैन भने, संसद त चलेन, संसद चलेको छैन, अवरोध छ। अव किसानहरुले आन्दोलन गर्नुपर्दैन। हामी आन्दोलन गर्छौ, माईतीघर मण्डलामा। अनसन हामी बस्छौं। आन्दोलन गर्छौ । यो चाँही घोषणा हो। यदि हामी सांसदहरु नै अनसन बस्यौं भने म त बस्छु बस्छु। तपाईहरुले यो कुरा सल्टयाउनु भएन भने हामी आमरण अनसन बसेर पनि, आन्दोलन गरेर पनि तपाईहरुलाई घुँडा टेकाउछौं,’ सांसद मोदीले भने।

बैठकमा नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले उखु किसानहरुको भुक्तानी तत्काल गर्न सरकारलाई सचेत गराए। उनले कुनै पनि किसानले फेरी आन्दोलन गर्नु नपर्ने गरी सरकारले उनीहरुको समस्या समाधान गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org