ताजा समाचार

प्रतिनिधिसभाको बैठक सर्‍यो, अब २८ पुसमा बस्‍ने

काठमाडौँ। प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ ।

पुस २२ गते बोलाइएको बैठक स्थगित भएको संसद्‌ सचिवालयले जनाएको छ । संसद्‌ बैठक पुस २८ गते १ बजे बस्ने संसद्‌ सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

नेकपा एमालेको जिल्‍ला अधिवेशनका कारण प्रतिनिधि सभा बैठक सारिएको बताइएको छ । यसअघि पुस १८ बस्‍ने तय भएको बैठक पनि बस्दै नबसी पुस २२ गतेलाई सारिएको थियो ।

संघीय संसद्अन्तर्गतका दुवै सदनमा नेकपा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । एमालेको अवरोधका कारण संसद्ले प्रभावकारीरूपमा काम गर्न सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org