ताजा समाचार

माओवादी केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना, प्रचण्डले रोके भेटघाट

काठमाडाैँ । नेकपा मा‌ओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत ५ जनासहित ६ जनामा कोरोना पुष्टि भएको छ।

एकजना केन्द्रीय सदस्य सीपबहादुर बस्नेतसहित लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्याय, क्यान्टिन सञ्चालक सञ्जीव थापा, अंशु पुडासैनी र विनोद थापालाई कोरोना देखिएपछि कार्यालय बन्द गरिएको हो।

आफूसँग भेटघाटमा रहिरहने ६ जनामा कोरोना पुष्टि भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक भेटघाट पनि रोकेका छन्।

‘लेखा प्रमुखसहित ६ जनालाई कोरोना पुष्टि भएपछि कार्यालयमा अतिजरुरीबाहेक सबै सेवा बन्द गरिएको छ’, केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले  भने, ‘क्यान्टिन पनि पूर्णरुपमा बन्द गरिएको छ। सुरक्षा र स्वास्थ्य सावधानी अपनाउन अध्यक्षसँगको प्रत्यक्ष भेटघाट पनि रोकिएको छ।’

‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरूको समेत सुझावलाई मध्यनजर गर्दै तीन दिनयता भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं’, सचिवालयले भनेको छ, ‘यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ। हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं।’

प्रचण्डले अब कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिमार्फत अघि बढाउने भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org