ताजा समाचार

माओवादी केन्द्रीय समितिको बैठक स्थगित

काठमाडाैं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको दोश्रो बैठक स्थगित भएको छ ।

पाैष २५ गतेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक कोरोना संक्रमणका कारण स्थगित भएको हो ।

माओवादी केन्द्रले दोश्रो केन्द्रीय समिति बैठकबाट पदाधिकारी चयन गर्ने एजेण्डा रहेको थियो । तर, केन्द्रीय कार्यालयका केहि नेताहरुमा कोरोना संक्रमण पुष्टी भएपछि २५ गतेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जनाए ।

राष्ट्रिय महाधिवेशनपछि १५ नेताहरु बिरामी परेको र बिरामीमध्ये ७ जनामा कोरोना संक्रमण पुष्टी भइसकेका कारण केन्द्रीय समितिको बैठक स्थगित गरिएको ढकालले जनाए ।

२५ गतेका लागि बोलाइएको बैठक स्थगित भएपछि अब राष्ट्रियसभाको निर्वाचन पछि नै केन्द्रीय समितिको बैठक बस्ने र पदाधिकारी चयन गर्ने जनाइएको छ ।

माओवादी केन्द्रको यहि पुस ११–१८ गतेसम्म चलेको आठौं महाधिवेशनले २ सय ३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । केन्द्रीय समितिको पाैष २० गते बसेको केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई निर्वाचित गरिसकेको छ भने, अब वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष चयन गर्न बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org