ताजा समाचार

प्रचण्डलाई कोभिड भएपछि ओलीलाई भेट्न देउवा एक्लै पुगे बालकोट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग उनकै निवास बालकोट पुगेर प्रधानमन्त्री देउवाले भेटवार्ता गरेका हुन् ।

भेटमा संसद अवरोध, एमसीसीलगायत विषयमा छलफल भएको छ । देउवाले संसद अवरोध हटाउन र एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग गर्न आग्रह गरेको बताइएको छ ।

ओलीलाई भेट्न देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँगै बालकोट जाने तय भए पनि दाहाललाई कोभिड संक्रमण भएपछि देउवा एक्लै गएका हुन् ।

नेकपा एमालेले भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको भन्दै एमालेले २३ भदौदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । तर, एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहेका छन् ।

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदले नेकपा एकीकृत समाजवादी गठन गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org