ताजा समाचार

दुर्गा प्रसाईको गगन थापालाई कटाक्षः बाख्रा फर्म चलाउन नसक्नेबाट जनताले के समृद्धीको आस गर्ने ? (सम्बोधनको पुर्णपाठ)

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य तथा लोकप्रिय नेता दुर्गा प्रसाईले गगन थापालाई कटाक्ष गर्दै बाख्रा फर्म चलाउन नसक्ने नेताबाट जनताले के को समृद्धी आस गर्ने भनेका छन ।

नेकपा एमाले संखुवासभा  जिल्ला अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता प्रसाईंले कांग्रेस महामन्त्री थापालाई कटाक्ष गरेका हुन ।

नेता प्रसाईंले गगन थापालाई ईंगित गर्दै भने, “भृकुटी कागज कारखाना २०४९ साल कार्तिक ५ गते बेचियो, सरकारमा को थियो ? काँग्रेस हो की होइन ? हरिसिद्धि इटा टायल कारखाना कार्तिक १४ गते २०४९ सालमा बेचियो, सरकारमा को थियो ? काँग्रेस हो की होइन ? त्यसको ठिक १० दिन पछि अर्थात २०४९ साल कार्तिक २४ गते बाँसबारी छालाजुत्ता कारखाना सौदाबाजिमा पर्यो, सरकारमा को थियो ? काँग्रेस हो की होइन ? त्यसको ठिक बर्ष दिन नबित्तै बालाजु कपडा उध्योग २०५० साल मंशिर १७ गते बेचीयो, सरकारमा को थियो ? काँग्रेस हो की होइन ? पूर्वको झापा र इलामका सातहज्जार बिगाहा चिया कमानहरु बेचेर खाने गर्ने काँग्रेस हो कि होइन ?”

नेता प्रसाईंले कांग्रेसको पालामा बेचिएको उधोग र कलकारखानाहरु पुनस्थापना अब नेकपा एमालेले गर्ने उल्लेख गर्दै भने, “तपाइहरु ढुक्क हुनुहोस् नेकपा एमालेले कांग्रेसका पालामा बेचिएका उध्योग धन्दा कलकारखानाहरुको पुनस्थापना गरेर देशमा औध्योगिक युगको सुरुवात गर्ने छ । विदेशमा रहेका एक करोड बढी नेपालीहरुलाई आफ्नै देशमा रोजगारीको अबसर दिएर घर फिर्ती गर्ने अभियानको सुरुवात एमालेले गर्नेछ । हामी गर्नेछौं । हाम्रो पार्टीले गर्नेछ । हामी सँग त्यो योजना छ । हामीलाई आफु बन्नु छैन हामी देश बनेको हेर्न चाहन्छौं । खाडिको ५० डिग्रिको भुँङ्ग्रोमा पसिना बगाउने नेपाली दाजु भाईहरु हाम्रै देशमा फर्केर काम गर्ने बाताबरण सृजना गर्नेछौं त्यसको नेतृत्व एमालेले गर्नेछ । ”

दुर्गा प्रसाईंले अब जनताले कांग्रेस र माओवादीबाट देश विकास हुदैन भनेर बुझिसकेको जिकिर गर्दै अब हरेक जिल्लाबाट हजारौं माओवादीका कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने कुरा उल्लेख गरेका छन् । अब केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन युवाहरु एक जुट भएर लाग्नुपर्ने बताउंदै नेता प्रसाईंले अबको निर्वाचनमा एमालेको बहुमत आउने विश्वस्त समेत पारेका छन् ।

सम्बोधनको पुर्णपाठ हेर्नुहोस्

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org