सैनिक आचरण विपरित कार्य गरेको आरोपमा मेजर शाही बर्खास्त
काठमाडौं । जंगी अड्डाले सैनिक आचरण विपरित कार्य गरेको भन्दै सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोक शाहीलाई बर्खास्त गरेको छ।
सैनिक आचरण विपरित कार्य गरेपछि उनलाई सैनिक ऐनअनुसार बर्खास्त गरिएको नेपाली सेना सहायक रथी एवम् प्रवक्ता नारायण सिलवालले जानकारी दिए।
सेनानी शाहीले मदिरा सेवन गरेको, होटल पुगेर ग्राहक र सर्वसाधरणसँग झगडा गरेको आरोप लागेपछि घटनाको अनुसन्धानका लागि तत्काल कोर्ट अफ इन्क्वाइरी गठन भएको थियो। सोहि समितिको प्रतिवेदनका आधारमा उनलाई सेवाबाट हटाएको हो।
गत कात्तिक २१ गते कैलालीको चिसापानीस्थित होटल संगममा शाही र होटल सञ्चालक तथा त्यहाँ रक्सी खाइरहेका युवाबीच झगडा भएको थियो। शाहीले सुरुमा ग्राहकसँग झगडा गरेका थिए। पछि ब्यारेक फर्किएर हतियारसहित ड्युटी रहेका सैनिकलाई लिएर पुनः होटलमा पुगेपछि विवाद थप चर्किएको थियो।
हतियार देखाएर झगडा गर्न थालेपछि स्थानीय बासिन्दाले उनीमाथि कुटपीट गरेर प्रहरीलाई बुझाइएका थिए। प्रहरीले त्यसपछि मेजर शाहीलाई सेनाको जिम्मा लगाएको थियो।
Comments
अरु समाचार
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...
-
राष्ट्रपति पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौँ, १ जेठः सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा...
-
सभामुखको आग्रहमा कांग्रेस लचिलो,संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको...
-
भारतमा आँधीका कारण १४ जनाको मृत्यु
काठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै...
-
संसद्को गतिरोध अन्त्य गर्न सभामुख सक्रिय
काठमाडौं । नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं...
-
मन्त्रिपरिषद्बाट १६औं पञ्चवर्षीय योजना पारित
काठमाडौं । मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारितपारित भएको छ। मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको...
-
सामान्य घट्यो सुनको मुल्य
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि...