ताजा समाचार

प्रधानमन्त्री देउवाले आज देशबासीका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री भएको छ महिनापछि आज शेरबहादुर देउवाले पहिलोपटक देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले आज दिउँसो ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने बताइएको छ ।

सम्बोधनमा सरकारले यस अवधिमा गरेका कामबारे देशबासीलाई जानकारी गराउने बताइएको छ । यससँगै कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारले गरेका प्रयासबारे पनि प्रधानमन्त्रीले जानकारी दिनेछन् ।

पाँच दलीय गठबन्धनबाट बनेको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org