राष्ट्रिय सभा निर्वाचनको नतिजा ‘जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज’: महासचिव पोखरेल
काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको नतिजालाई ‘जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज’को संज्ञा दिएका छन्।
राष्ट्रिय सभामा रिक्त रहेका १९ सदस्य पदका लागि बुधबार सम्पन्न निर्वाचनबाट एमाले एक सिटमा मात्र विजयी भएको छ भने बाँकी सबै सिट सत्ता गठबन्धनका उम्मेदवारले जितेका छन्।
परिणाम सार्वजनिक भएलगत्तै एमाले महासचिव पोखरेलले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको हुन्।
‘वामपन्थी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजरानास्वरूप यस चुनावमार्फत प्रचण्ड र माधव नेपालहरूले आफ्नो दलीय हैसियतभन्दा अतिरिक्त लाभ हासिल गरेका छन्’, पोखरेलले भनेका छन्, ‘तर पनि यस निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवारले गठबन्धनको मतभारभन्दा कम मत प्राप्त गरेका छन्।’
नेकपा एमालेका अधिकतर उम्मेदवारले आफ्नो दलीय भोटभन्दा बढी मत प्राप्त गरेको दाबी पनि उनले गरेका छन्।
‘स्थानीय तहका जनप्रतिनिधिहरूको अतिरिक्त भोट नेकपा एमालेका उम्मेदवारलाई प्राप्त भएको छ’, एमाले महासचिव पोखरेलको दाबी छ, ‘यसबाट स्थानीय तहलाई कमजोर बनाउने गठबन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ।’
गठबन्धनका अन्य उम्मेदवारको तुलनामा नेपाली कांग्रेसका उम्मेदवारले सबै प्रदेशमा कम भोट पाएको उनको भनाइ छ।
पाँच दलीय गठबन्धनको मोर्चाबन्दीबीच पनि प्रदेश १ मा एमालेका एक जना उम्मेदवार विजय भए भने एक जना बराबरी मत आएर गोलाप्रथा गर्दा हारे। यस निर्वाचनपछि पनि राष्ट्रिय सभामा एमाले पहिलो दलकै हैसियतमा कायम छ।
अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकाले गठबन्धन कमजोर हुने र एमाले थप सुदृढ हुने आधार समेत यस निर्वाचनले संकेत गरेको दाबी पोखरेलले गरेका छन्।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...