ताजा समाचार

राष्ट्रियसभा बैठक माघ १७ गतेका लागी बोलाइयो

काठमाडौँ । राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने गरी बोलाइएको छ ।

यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते दिउँसो १ बजेका लागी बोलाइएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आज(बिहिबार) सूचना जारी गर्दै राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिएका छन् ।

पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक पनि माघ १६ गते बस्ने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org