ताजा समाचार

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि आक्रमण प्रयास, गाडीमा ढुंगा प्रहार

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमणको प्रयास गरेको  छ ।

आज बिहान ११ बजे काँडाघारीको उकालोमा उनी चढेको ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिनुका साथै भौतिक आक्रमणको प्रयास गरिएको आयोगले जनाएको छ ।

गिरीले आफू निवासबाट कार्यलयतर्फ जाँदैगर्दा सो आक्रमण भएको र प्रहरीमा उजुरीसमेत दिइसकेको बताएका छन् । ढुंगा प्रहारबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै क्षति भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गिरीमाथि भएको यो घटना अमानवीय र अनैतिक भएको भन्दै सो कार्यमा संलग्न समूहको पहिचान गरी कडाभन्दा कडा काबाही गर्न आयोगले माग गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org