ताजा समाचार

कांग्रेसको कार्यसम्पादन समिति गठन : को–को परे ३७ जनामा ?

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकले ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ ।

केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा गरेको प्रस्ताव सर्वसम्मतरूपमा पारित भएको हो ।

कार्य सम्पादन समितिमा ३५ जनामा सभापति देउवासहित १३ जना पदाधिकारी छन् भने अन्यमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारीहरू छन् ।

कांग्रेस विधानमा पदाधिकारी र प्रवक्ता कार्यसम्पादन समितिमा स्वतः रहने व्यवस्था गरेको छ । पदाधिकारीमध्ये कोषाध्यक्ष र प्रवक्ताको मनोनयन हुन बाँकी रहेको छ । त्यसबाहेक कार्यसम्पादन समितिमा ३१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ ।

कार्यसम्पादन समितिमा ४६ जना हुने व्यवस्था छ । ४६ जना मध्ये कांग्रेसले ३५ जनाको समिति गठन गरेको छ । ११ जनालाई पछि मनोनयन गरिनेछ । बैठकमा सभापति देउवाले कोडिभका कारण भर्चुअल बैठक बस्नुपरेको बताएका थिए । बैठकमा महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको नाम पढेर सुनाएका थिए ।

यस्तो छ कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति

१.शेरबहादुर देउवा – सभापति
२.रामचन्द्र पौडेल – वरिष्ठ नेता
३.पूर्णबहादुर खड्का – उपसभापति
४.धनराज गुरुङ – उपसभापति
५.गगन थापा– महामन्त्री
६.विश्वप्रकाश शर्मा–महामन्त्री
७.फरमुल्लाह मन्सुर – सहमहामन्त्री
८.भीष्मराज आङदाम्बे – सहमहामन्त्री
९.उमाकान्त चौधरी( सहमहामन्त्री
१०.महेन्द्र यादव – सहमहामन्त्री
११.महालक्ष्मी उपाध्याय डिना –सहमहामन्त्री
१२.किशोरसिंह राठौंर( सहमहामन्त्री
१३.बद्री पाण्डे – सहमहामन्त्री
१४.जीवन परियार – सहमहामन्त्री
१५.गोपालमान श्रेष्ठ
१६.प्रकाशमान सिंह
१७.विमलेन्द्र निधि
१८.विजयकुमार गच्छदार
१९.कृष्णप्रसाद सिटौला
२०.डा.शशांक कोइराला
२१..चित्रलेखा यादव
२२.डा.रामशरण महत
२३.अर्जुननरसिंह केसी
२४.डा.प्रकाशशरण महत
२५.सुनिलबहादुर थापा
२६.डा.शेखर कोइराला
२७.बालकृष्ण खाण
२८.ज्ञानेन्द्रबहादुर कार्की
२९.बलबहादुर केसी
३०.उमा रेग्मी
३१.रमेश रिजाल
३२.डा.नारायण खड्का
३३.जीपछिरिङ लामा
३४.एनपी साउद
३५.जीवनबहादुर शाही

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org