ताजा समाचार

बेलायतका लागि राजदूतमा आचार्य नियुक्त, खत्री र शर्माको एग्रिमो अझै आएन

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि राजदूतमा पूर्वपरराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्य राजदूत नियुक्त भएका हुन् ।

सरकारले सिफारिस गरेअनुसार संसदीय सुनुवाइ समितिले उनको नाम २० मंसिरमा पारित गरेको थियो । बेलायत सरकारले उनका लागि एक साताअघि एग्रिमो पठाएको थियो । उनीसँगै सिफारिस भएका अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माको एग्रिमो आइनसकेको परराष्ट्र स्रोतले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org