ताजा समाचार

थप ३२ जनाको मृत्यु पुष्टि, थपिए ३,५४० संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन हजार ५४० जना कोभिड–१९ संक्रमित थपिएका छन् । १३ हजार १४५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन्  ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ ।

आज देशभर ३२ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । मृत्युको यो पछिल्लो चार दिनको समेत तथ्यांक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org