एमसीसी र चुनावबारे गठबन्धनका तीन शीर्ष नेताबीच छलफल
काठमाडौं । अमेरिकी सहयोग परियोजना(एमसिसी) संसदमा प्रस्तुत गर्ने चर्चा चलिरहेका बेला सत्तारूढ गठबन्धनका तीन शीर्ष नेता प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बालुवाटारमा छलफल भएको छ ।
छलफलमा तीन नेताहरूबीच स्थानीय तहको चुनाव र एमसिसीबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । यसअघि पाँच दलीय सत्ता गठबन्धनबीच संसदको अर्को बैठकमा एमसिसी टेबल गर्न सहमति भइसकेको छ ।
बैठकमा सहभागी सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गत शनिबार एमसिसीबारे छलफल गर्न गठित तीन सदस्यीय कार्यदलले गठबन्धन दलका शीर्षनेताहरूलाई ब्रिफिङ गरेपछि एमसिसी टेबल गर्नेबारे सहमति भएको बताए । कार्की कार्यदलका सदस्यसमेत हुन् । उनले हालका लागि एमसिसी मुद्धालाई बिथोलिन नदिनका लागि गठबन्धन दलहरु सहमत रहेको खुलाए ।
कार्यदलमा मन्त्री कार्कीसहित नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ सदस्य छन् ।
Comments
अरु समाचार
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...
-
दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति, यहिसाताबाट अग्रिम बुकिङ खुलाईने
काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर सार्वजनिक यातायातकोअग्रिम टिकट यही साताबाट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र...
-
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
काठमाडौं । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको...