ताजा समाचार

स्थानीय चुनावबारे छलफल गर्न एमाले केन्द्रीय कार्यालयको बैठक जारी

काठमाडौं । राजनैतिक घटनाक्रमहरु तीब्र बनिरहेका बेला नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक पार्टी कार्यालय थापाथलीमा बसिरहेको छ ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसिरहेको बैठकमा उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, पद्मा अर्याल र छविलाल विश्वकर्मा सहभागी छन् ।
स्थानीय निर्वाचन लगायतका समसामयिक बिषयहरुमा बैठकमा छलफल हुँने एमालेले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org