ताजा समाचार

संशोधन नगरी एमसीसी पारित गर्न सकिन्न: प्रचण्ड

एमसिसिबारे प्रचण्डको पुरानै अडानः संशोधनबिना एमसीसी पारित गर्न सकिन्न

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहायता परियोजनाबारे पुरानै अडान दोहोर्‍याएका छन् । सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्ड र एकीकृत समाजावदीका अध्यक्ष माधवकुमार नेपालले भेटेका थिए ।

प्रचण्डको सचिवालयका अनुसार भेटमा प्रचण्डले संशोधनबिना एमसीसी पारित गर्न नसकिने माओवादीको पुरानै अडान दोहोर्‍याएका छन् । भेटमा एमसीसीलाई परिमार्जन र संशोधन नगरी संसदमा लैजान नहुने भनाइ प्रचण्डले राखेका थिए । प्रचण्डको भनाइमा माधव नेपालले पनि समर्थन जनाएका थिए ।

माओवादी केन्द्र संशोधनबिना एमसीसी पारित गर्न नहुने पक्षमा छ । ‘सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस्’ भन्ने प्रस्ताव माओवादीले महाधिवेशनबाट पारित गरेको थियो ।

माओवादीमा एमसीसी पारित नै गर्न नहुने मत बलियो छ । गठबन्धन छोड्नु परे पनि एमसीसी अनुमोदन गर्न नहुने माओवादी नेताहरु बताइरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org