ताजा समाचार

संविधानको मर्म अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्छ : प्रकाशमान

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावना अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाविरुद्धको खोप अभियानको निरीक्षणका क्रममा नेता सिंहले निर्वाचन आयोगले संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले आवश्यक प्रक्रिया पुर्याएर निर्वाचनको मिति तय गर्नुपर्ने बताएका छन् ।

उनले वर्तमान सत्ता गठबन्धन र सरकार नै संविधान र लोकतन्त्रको रक्षा गर्ने सन्दर्भमा निर्माण भएकाले संविधान मिच्न नमिल्ने तर्क गरे । तत्कालीन कम्युनिष्ट सरकारले म्याण्डेड बमोजिम कार्य गर्न नसकेको र संविधान भङ्ग गर्ने प्रयास गरेकाले संविधानको रक्षा गर्न गठबन्धन सरकार बनेको उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org