ताजा समाचार

युवा संघद्वारा स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

काठमाडाैँ । प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालले स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको छ।

खोप हराएको विषयमा मन्त्री खतिवडालगायत संलग्नमाथि कारबाहीको माग गर्दै युवा संघले अख्तियारमा उजुरी दिएको हो।

‘खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धका २४ लाख डोज भ्याक्सिन गायब पारेर राज्यकोषको करिब २ अर्ब ४० करोड रकम हिनामिना गरेको’ युवा संघको आरोप छ।

सो उजुरीमा भनिएको छ, ‘नेपाल सरकारका स्वास्थ्य मन्त्री श्री विरोध खतिवडा मन्त्री भई जिम्मेवारी बहन गरेपछि २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको हुँदा मन्त्री विरोध खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्ति उपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारवाही गरी पाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम यो निवेदन गरेका छौँ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org