ताजा समाचार

स्थानीय निर्वाचन तयारीका लागी सुरक्षा समितिको बैठक बस्दै

काठमाडाैँ । सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गर्ने भएपछि गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्। गृह मन्त्रालयमा बुधबार दिउँसो १ बजे सुरक्षा समितिको बैठक बस्न लागेको हो।

सरकारले आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन तयारी गरेपछि चुनावी सुरक्षाबारे छलफलका लागि गृहमन्त्रीले यो बैठक बोलाएका हुन्।

बैठकमा सबै सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका अधिकारीहरु सहभागी हुनेछन्। निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मंगलबार गरेको छ।

देउवाले पनि उक्त प्रस्तावमा सहमति जनाउँदै बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट मिति घोषणासम्बन्धी निर्णय लिने बताएका छन्।

यस्तै सुरक्षा समितिको बैठकमा कोभिडको तेस्रो महामारी रोकथामका विषयमा पनि छलफल हुने गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org