यस्तो छ देउवा र प्रचण्डले एमसीसीका अध्यक्षलाई लेखेको चिट्ठी (नेपाली अनुवाद)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट पारित गराउन चार महिनापहिले नै सहमति भएको खुलेको छ ।
सहमतिअनुसार नै देउवा र दाहालले मिलेनियम च्यालेञ्ज कर्पोरेशनलाई संयुक्त हस्ताक्षरसहितको प्रतिबद्धता पत्र पठाएका थिए ।
पत्र सार्वजनिक भएसँगै फेब्रअरी २८ अर्थात आगामी फागुन १६ गते भित्रै एमसीसी पारित गराउन सरकारलाई दबाब बढेको छ । हालै एमसीसीले सरकारलाई पत्राचार गरेर देउवा र प्रचण्डले गरेको लिखित प्रतिबद्धताबारे स्मरण गराएको छ ।
देउवा र प्रचण्डको पत्रमा के छ ?
सेप्टेम्बर २९, २०२१
श्री अध्यक्ष,
मिलेनियम च्यालेन्ज कर्पोरेसन सञ्चालक समिति
वासिंगटन, डीसी, २०००५
संयुक्त राज्य अमेरिका ।
विषय : नेपालसँगको एमसीसी कम्प्याक्ट (सम्झौता) अनुमोदन सम्बन्धमा,
श्री अध्यक्ष,
हामी अमेरिकी सरकार र त्यहाँका जनताप्रति न्यानो अभिवादन तथा शुभेच्छा व्यक्त गर्दछौं ।
नेपाल र अमेरिकाबीच हस्ताक्षर सम्झौता भई नेपालको अर्थ मन्त्रालयमार्फत कार्यान्वयन हुँदै आएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (सन् २०१७ सेप्टेम्बर १४ मा हस्ताक्षर भएको) र परियोजना कार्यान्वयन सम्झौता (२९ सेप्टेम्बर २०१९ मा हस्ताक्षर भएको) को प्रशंशनीय ढंगले कदर गर्दछौं ।
यस सन्दर्भमा, हामी, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, वर्तमान गठबन्धन सरकारका नेताहरू संयुक्त रूपमा एमसीसी सञ्चालक समति समक्ष एमसीसी सम्झौताको अनुमोदनका लागि थप समय प्रदान गर्न अनुरोध गर्दछौं ।
यससम्बन्धमा विस्तृत छलफलहरू भएका छन् र अनुमोदन गर्ने हाम्रो प्रतिवद्धता कम्प्याक्ट सञ्चालन (अपरेसन)की उपाध्यक्ष फातेमा जेड सुमारको भ्रमणका क्रममा अवगत गराएका छौं । नवगठित यस संयुक्त सरकार यसलाई निष्कर्षमा पुर्याउन सबै प्रयास गरिरहेको छ ।
हामी यहाँसमक्ष नेपाल सरकार एमसीसीको अनुदान सुरक्षित गर्न र यसलाई नेपालको आर्थिक विकासमा प्रयोग गर्न क्रियाशील रहेकोमा आश्वस्त तुल्याउन चाहान्छौं ।
एमसीसी कम्प्याक्टप्रति हाम्रो प्रतिवद्धता प्रदर्शन गर्दै कम्प्याक्ट अनुमोदनका लागि प्रतिनिधिसभामा आवश्यक सामान्य बहुमत पु¥याउन हामी आगामी चार–पाँच महिनामा निम्न कामहरू गर्न सहमत भएका छौं ।
हामी निम्नानुसार प्रतिवद्धता गर्दछौंः
– एमसीसीबाट प्राप्त भएका प्रष्टीकरणका सम्बन्धमा छलफल गरी गठबन्धन साझेदारहरू र हाम्रा पार्टीका सदस्यहरूलाई सूचित गर्नेछौं ।
– नेपाल सरकारको साधनस्रोत प्रयोग गरी नेपाली जनतालाई यसबारेमा सूचित गर्नेछौं र कम्प्याक्ट कार्यान्वयनमा सरकारको सहयोगका सम्बन्धमा जानकारी गराउँदै कम्प्याक्टका सम्बन्धमा रहेका आशंकाहरू हटाउनेछौं ।
– गठबन्धनका साझेदार नेताहरू सहित संयुक्त पत्रकार सम्मेलन गरी एमसीसी सम्झौता अनुमोदनका सम्बन्धमा सकारात्मक दृष्टिकोण प्रस्तुत गर्नेछौं ।
– सञ्चारमाध्यममार्फत कम्प्याक्टका सम्बन्धमा यथार्थ सूचना सम्प्रेषण गर्नेछौं ।
– एमसीए नेपाललाई आयोजनाका प्राविधिक पक्ष र सञ्चारसम्बन्धी गतिविधिलाई पूर्णता दिइ सकेसम्म छिटो कम्प्याक्ट कार्यान्वयनलाई तीव्रता दिनेतर्फ प्रोत्साहीत गर्नेछौं । र,
– प्रतिनिधिसभाका सभामुखलाई संयुक्त रूपमा सकेसम्म छिटो कम्प्याक्ट टेबुल गर्ने योजनाका सम्बन्धमा अनुरोध गर्नेछौं ।
यी गतिविधिले आगामी चारदेखि पाँच महिनाभित्र संसदमार्फत् कम्प्याक्ट अनुमोदनका लागि सहज अवस्था सिर्जना हुने विश्वास लिएका छौं ।
नेपाल र अमेरिकाबीच लामो समयदेखिको मित्रवत् सम्बन्ध तथा सहयोगलाई मनन गर्दै एमसीसी सञ्चालक समितिले हाम्रो अनुरोधलाई स्वीकार गर्ने विश्वास लिएका छौं ।
शीघ्र सकारात्मक प्रतिक्रियाको अपेक्षा सहित ।
उही,
शेरबहादुर देउवा पुष्पकमल दाहाल
प्रधानमन्त्री तथा सभापति पूर्व प्रधानमन्त्री तथा अध्यक्ष
नेपाली कांग्रेस नेकपा (माओवादी केन्द्र)
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...