ताजा समाचार

आज देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ ।

तीन दलका शिर्ष नेताहरुबीच आज आइतबार बेलुका ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने स्रोतले बताए ।
स्रोतका अनुसार सदनमा जारी गतिरोध अन्त्यका लागि तीन नेताहरुबीच भेटवार्ता हुन लागेको हो । वार्तामा एमसीसी बारेमा पनि छलफल हुने बताइएको छ ।

एमालेले लामो समयदेखि संसद अबरुद्ध गदै आएको छ । सक्त अवरुद्ध संसद खोल्ने विषयम एमाले अध्यक्षसंग प्रधानमन्त्री देउवाले छलफल गरेपनि निस्कर्ष निस्कन सकेको छैन ।
आजको भेटवार्तामा सदनको गतिरोध अन्त्य र एमसीसी पारित गर्ने वा नगर्ने विषयमा छलफल हुने स्रोतले बताए ।
माओवादीले एमसीसी जस्ताको त्यस्तै पास हुनुहुदैन भन्दै आएको छ भने कांग्रेस एमाले पारित गरेर जानु पर्छ भन्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org