ताजा समाचार

भ्रममा नपरौं, यथास्थितिमा एमसीसी स्वीकार गरिँदैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी पास नहुने बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित ‘अति गोप्य’ पत्र सार्वजनिक भएपछि नेता श्रेष्ठले यथास्थितिमा एमसीसी सम्झौता स्वीकार नगर्ने उल्लेख गरेका हुन्।

उनले एमसीसीप्रति पार्टीको अडानमा कुनै द्विविधा र भ्रममा नपर्न उल्लेख गरेका छन्। ‘प्रम देउवा र अध्यक्ष क प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ। पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गरिनेछैन,’ उनले ट्वीटरमा उल्लेख गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org