ताजा समाचार

कानुनअनुसार नै चुनाव घोषणा भयो, अब तयारीमा लाग्छौ : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले वैशाख ३० मा स्थानीय निर्वाचनको मिति घोषणा गरेकोमा स्वागत गरेको छ ।

स्थानीय तह निर्वाचन ऐनअनुसार चुनाव घोषणा हुँदैन कि भन्ने चिन्ता बढिरहका बेला सरकारले चुनाव घोषणा गरेपछि अब निर्वाचनको तयारीम लाग्ने एमाले उपपमहासचिव विष्णु रिमालले बताए ।

“कानुनअनुसार स्थानय तह निर्वाचन हुँदैन कि भन्ने अवस्थाले चिन्ता बढाएको थियो । तर, सरकारले चुनावको मिति घोषणा गरेको छ,” उपमहासचिव रिमालले  भने, “सरकारले निर्वाचन गराउनकै लागि मिति घोषणा गरेको हुँदा अब आशंका गर्ने कुरा भएन । हामी निर्वाचनको तयारीमा लाग्छौँ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org