ताजा समाचार

पशुपतिनाथको मन्दिर भोलिबाट दर्शनार्थीका लागि खुला

काठमाडौं । पशुपतिनाथको मन्दिर भोलि (शुक्रबार)बाट खुला हुने भएको छ । भोलिबाट भक्तजनले पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गर्न सक्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको २०७८/१०/२३ मा जारी आदेश अनुसार मन्दि खुला गर्ने निर्णय गरिएको कोषले स्पष्ट पारेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्वा, चर्चलगायत स्थलहरुमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने उल्लेख छ ।

“आम दर्शनार्थी एवं भक्तजनहरुको गुनासोलाई समेत मध्यनजर राखी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी पशुपतिनाथको मन्दिर भक्तजनहरुको दर्शनका लागि मिति २०७८/१०/२८ गते शुक्रवारका दिनदेखि खुला गरिने व्यहोरा सबैलाई जानकारी गराइएको छ,” एक सूचना जारी गर्दै कोषले भनेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org