ताजा समाचार

एमसीसीबारे बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडौँ । सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

उनीहरूबीच बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो । ‘अब बस्‍ने संसद्‌ बैठकमा एमसीसी लैजाने विषयमा उहाँहरूबीच छलफल भएको हो’ बालुवाटार स्रोतले भन्यो ।

एमसीसीले फेब्रुअरी २८ गतेसम्म सम्झौता नेपालको संसद्‌बाट पास नभए फिर्ता लैजाने र कुनै परिवर्तन नगर्ने समाचार सार्वजनिक भइहरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org