ताजा समाचार

चन्द्रागिरी हिल्सले ल्यायो ‘भ्यालेनटाइन डे’ विशेष प्याकेज, केवलकारमा २५% छुट

काठमाडाैँ । चन्द्रागिरी हिल्स प्रालीले ‘भ्यालेनटाईन डे’ विशेष अफर ल्याएर आएको छ ।

‘भ्यालेनटाईन डे’ लाई विशेष बनाउने उद्देश्यका साथ चन्द्रागिरी रिसोर्टले प्याकेज सार्वजनिक गरेको छ ।

जोडी प्याकेज सार्वजनिक गरेको रिसोर्टले  रु १४९९९  शुल्क तोकेको छ । काठमाडाैं उपत्यकाको दृश्यसँगै पहिलो घामको झुल्को हेर्न विशेष हुने भन्दै यस्तो योजना सार्वजनिक गरेको चन्द्रागिरी हिल्स प्रालीका महाप्रबन्धक अभिषेक विक्रम शाहले जनाए ।

न्युज नेपालसँग कुराकानी गर्दै शाहले भने, हामीले आमको ‘भ्यालेनटाइन डे’  साँच्चिकै विशेष होस भन्ने चाहेका छाैं । यसैलाई मध्यनजर गरेर सस्तो शुल्कमा गुणस्तरिय र आकर्षक सेवा दिने प्रयासमा लागेका छाैं ।

शाहले थप्दै भने: प्याकेजमा चन्द्रागिरी केबुलकार चढ्नेदेखि अनलिमिटेड ड्रिन्क्सको व्यवस्था गरेका छाैं ।  बिहानको ब्रेकफास्टदेखि सम्पूर्ण सुविधासहित प्याकेज ल्याइका छाैं ।भ्यालेनटाइन डेलाई चन्द्रागिरी हिल्स् रिसोर्टले अझ विशेष  बनाउनेछ ।

साथै भ्यालेनटाईन्स लञ्च प्याकेज पनि ल्याएको छ । यस प्याकेजमा भ्यालेनटाइन डे विषेश लञ्च र प्राईभेट गोण्डोला राईडको व्यवस्था छ । यस प्याकेजको शुल्क रु ३००० तोकिएको छ ।

‘भ्यालेनटाइन डे’ विशेष प्याकेज अन्तरगत चन्द्रागिरी केवलकार यात्रामा समेत २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org