ताजा समाचार

सर्वोच्चको आदेशपछि प्राधिकरणमा फर्किए क्षेत्री, भोली हाजिर हुने

काठमाडौँ।  सर्वोच्च अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीका पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले क्षेत्रीलाई अवकाश दिने गरी पाैष २३ गते भएको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए । उनले महानिर्देशकको पद ४ वर्षको हुने जिकिर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

प्राधिकरणको ऐनमा महानिर्देशकको कार्यकाल ४ वर्ष हुने उल्लेख छ । क्षेत्रीले यही बुँदामा रहेर मुद्दा दायर गरेका थिए ।                       

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org