ताजा समाचार

सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सर्वदलीय बैठक सुरु भएको छ।

सभामुख सापकोटाको सञ्चार विज्ञमा श्रीधर न्यौपानेका अनुसार बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु सहभागी छन्। समसामयिक विषयमा छलफल भइरहेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक राखेका हुन्।

तर प्रमुख प्रतिपक्ष एमाले बैठकमा सहभागी भएको छैन। उसले बैठक बहिष्कार गरेकाे हाे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org