ताजा समाचार

सत्ता गठबन्धनका शिर्ष तीन नेताबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । सत्ता गठबन्धनका शिर्ष तीन नेताहरुबीच भेटवार्ता भएको छ । भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको ।

उनीहरुबीच विहान नै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव, एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल भएको बुझिएको छ ।

सा्रेतका अनुसार राजदूत नियुक्तिका विषयमा पनि नेताहरुबीच छलफल भएको बताए ।

नेपालका तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग (न्युयोर्क, जेनेभा र भियना) र ३० देशमा दूतावास छन्। कुल ३० वटा मध्ये हाल १० वटा मुलुकमा मात्र राजदूत छन् । उनीहरु १० जना परराष्ट्र मन्त्रालयका करिअर राजदूत हुन् । बाँकी २० वटा नेपाली राजदूतावासमा राजदूत छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org