ताजा समाचार

प्रधानमन्त्रीले भने : भोलि संसदमा एमसीसी टेबुल हुनेमा विश्वस्त छु

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक नाफा घाटा जे भए पनि अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबल गर्ने बताएका छन् ।

मंगलबार संसदीय दलको बैठकमा बोल्दै उनले कांग्रेस तत्कालीन नाफा–घाटा हेरेर कर्तव्यच्युत नहुने बताएको बैठकपछि सांसद गगन थापाले जानकारी दिए ।

“तत्कालीन नाफा–घाटा हेरेर कर्तव्यबाट च्युत भयो भने नेपाली कांग्रेसको छुट्टै परिचय रहँदैन । यसको नाफा–घाटा जेसुकै होला, नेपाली कांग्रेसले आफ्नो कर्तव्य पूरा गर्छ । यो नेपाली कांग्रेस नेतृत्वले प्रस्तुत गर्न लागेको विधेयक होइन । प्रतिपक्षमा रहँदा र सरकारमा रहँदा डबल स्टान्डर राख्दैन,” प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै थापाले भने ।

बैठकमा देउवाले संसद्मा उक्त प्रस्ताव टेबल गर्ने वातावरण बनाउन आफूले सभामुखलाई भनिसकेको जानकारी गराएका थिए ।

“प्रधानमन्त्री र संसदीय दलको नेताको हैसियबाट मैले सभामुखलाई भनिसकेको छु कि अब यो संसद्मा टेबल हुनुपर्छ र सबैले भाग लिनुपर्छ,” देउवाको भनाइ उद्धृत गर्दै थापाले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org