ताजा समाचार

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे बस्ने गरी बैठक आह्वान गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बस्नेछ । बैठकमा आजको प्रतिनिधिसभा बैठकका कार्यसूची, प्रतिपक्ष दलले गर्दै आएको संसद् अवरोधलगायत विषयमा छलफल हुनेछ ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो । कार्यव्यवस्थाको बैठकले संसद् बैठकका कार्यसूचीलाई अन्तिम रूप दिन सक्नेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सभामुख सापकोटालाई फोन गरी  बैठक बोलाउन आग्रह गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org