ताजा समाचार

भोटखोला-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा लाक्पा भोटे सर्वसम्मत निर्वाचित

काठमाडाै । नेपाल कम्युनिस्ट पार्टी (एमाले) संखुवासभा भोटखोला- काठमाण्डौ सम्पर्क मञ्चको अध्यक्षमा लाक्पा भोटे सर्वसम्मत निर्वाचित भएका छन । काठमाडाैँ चाबहिलस्थित एक पार्टी प्यालेसमा सम्पन्न भेलाले लाक्पा भोटेको नेतृत्व ४५ सदस्यिय कमिटी निर्वाचित गरेको हो ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र गाैतम, पार्टी पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य कृष्ण राई, प्रदेश नं १ प्रदेश कमिटी सदस्य विदुर लिन्थेप, टिकाराम गुरुङलागाएत पार्टी नेताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेता गाैतमले स्थानीय तहको निर्वाचनमा यो सम्पर्क मञ्चले महत्त्वपूर्ण भुमिका निर्वाह गर्न निर्देशन दिए ।
हिजो केपी ओली सरकारले गरेका विकास निर्मानका विभिन्न कार्यक्रमको सन्देश जनताको घरघरमा पुर्‍याउन यो मञ्चले भुमिका निर्वाह गर्ने छ ।                                                                 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org