ताजा समाचार

प्रहरीलाई सहानुभूति दिँदै ओलीले भने- सत्ताधारी गुटले नै सडकमा ढुंगा हान्न मान्छे पठाएका छन्

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सरकारमा रहेका शासकहरूले नै ढुंगा हान्न सडकमा मान्छे पठाएको बताएका छन् ।

कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् । ‘मैले आज बिहान गृहमन्त्रीजीलाई भनेँ- तपाईं पुलिस किन सडकमा पठाउनुहुन्छ ? सत्ताधारी गुटले, शासकहरूले नै सरकारवालाहरूले नै सडकमा ढुंगा हान्न मान्छे पठाएका छन्,’ ओलीले भने ।

प्रदर्शनकारीले आफूमाथि प्रहार गर्दा पनि प्रहरी त्यसबाट जोगिन नसकेको ओलीले बताए । आन्दोलनकारीले ढुंगा प्रहार गर्दा प्रहरीहरू घाइते भएको उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org