ताजा समाचार

सभामुखले राजीनामा नदिएसम्म एमाले संसदीय प्रक्रियामा सहभागी हुँदैन : महासचिव पोखरेल

काठमाडौँ । एमाले महासचिव शंकर पोखरेलले प्रमुख दलहरुबीचमा आधरभूत सहमति हुनुपर्ने बताएका छन् ।

शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा महासचिव पोखरेलले एमालेले लोकतान्त्रिक पद्धतिलाई लिकमा ल्याउन पहल गरिरहेको बताएका हुन् ।

सरकारमा सहभागी हुने प्रक्रियामा एमाले कहाँसम्म पुगेको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओली पोखराबाट काठमाडौं फर्किएपछि प्रधानमन्त्री देउवासँग छलफल गरी अघि बढ्ने बताए ।

‘कांग्रेसले के गर्छ भन्ने कांग्रेसकै हातमै छ । गठबन्धनको बाटोमा जान्छ कि लोकतन्त्रिक पद्धतिलाई साथमा लिएर हिँड्छ । गठबन्धनले लोकतन्त्रलाई डिरेल गरेको छ । त्यसलाई लिकमा ल्याउने प्रयासमा कांग्रेसको भूमिका के रहन्छ सोही अनुसार हामीले निर्णय गर्छौैं,’ पोखरलेले भने । लोकतन्त्रलाई सही मार्गमा ल्याउन प्रमुख राजनीतिक दलहरूसँगको छलफल गरिरहनुपर्ने उनको भनाइ थियो ।

आफ्ना मागहरु सम्बोधन नभए आफूहरु संसदीय प्रकियामा सामेल नहुने उनले बताए । ‘सभामुखका कारण राजनीति डिरेलमा परेको छ । सभामुखले गल्ती सच्याए वा मार्गप्रशस्त गरे वा कांग्रेसले हाम्रो माग सम्बोधन गरे हामी संसदीय प्रकियामा जान सक्छौं ।’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org