सभामुखले राजीनामा नदिएसम्म एमाले संसदीय प्रक्रियामा सहभागी हुँदैन : महासचिव पोखरेल
काठमाडौँ । एमाले महासचिव शंकर पोखरेलले प्रमुख दलहरुबीचमा आधरभूत सहमति हुनुपर्ने बताएका छन् ।
शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा महासचिव पोखरेलले एमालेले लोकतान्त्रिक पद्धतिलाई लिकमा ल्याउन पहल गरिरहेको बताएका हुन् ।
सरकारमा सहभागी हुने प्रक्रियामा एमाले कहाँसम्म पुगेको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओली पोखराबाट काठमाडौं फर्किएपछि प्रधानमन्त्री देउवासँग छलफल गरी अघि बढ्ने बताए ।
‘कांग्रेसले के गर्छ भन्ने कांग्रेसकै हातमै छ । गठबन्धनको बाटोमा जान्छ कि लोकतन्त्रिक पद्धतिलाई साथमा लिएर हिँड्छ । गठबन्धनले लोकतन्त्रलाई डिरेल गरेको छ । त्यसलाई लिकमा ल्याउने प्रयासमा कांग्रेसको भूमिका के रहन्छ सोही अनुसार हामीले निर्णय गर्छौैं,’ पोखरलेले भने । लोकतन्त्रलाई सही मार्गमा ल्याउन प्रमुख राजनीतिक दलहरूसँगको छलफल गरिरहनुपर्ने उनको भनाइ थियो ।
आफ्ना मागहरु सम्बोधन नभए आफूहरु संसदीय प्रकियामा सामेल नहुने उनले बताए । ‘सभामुखका कारण राजनीति डिरेलमा परेको छ । सभामुखले गल्ती सच्याए वा मार्गप्रशस्त गरे वा कांग्रेसले हाम्रो माग सम्बोधन गरे हामी संसदीय प्रकियामा जान सक्छौं ।’ उनले भने ।
Comments
अरु समाचार
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो: डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । चितवनमा...
-
एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि...