ताजा समाचार

‘प्रचण्ड अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासले एमसीसी पास गरे’: बिजुक्छे

काठमाडाैँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्रासकै कारण एमसीसी पास गरेको आरोप लगाएका छन् ।

भक्तपुर नगरपालिकाद्वारा निर्मित न्हु: पुखु (रानीपोखरी)को उद्घाटनमा कार्यक्रमलाई सम्बोधन गर्दै बिजुक्छेले भने ” युद्धको नाममा १७/१८ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासको कारणले एमसीसी पास भयो” ।

जनताको इच्छा बिपरित संसदले राती बहुमतले एमसीसी पास गर्नु दु:खद भएको उनको भनाइ छ । नेपालका पार्टीहरुले देशको हित बिपरित भएको कुरा पास गरेर धोका दिएको पनि उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org