ताजा समाचार

प्रेस चौतारीले चयन गर्‍यो प्रदेश कमिटी, कुन प्रदेशमा को अध्यक्ष ?

काठमाडौं । प्रेस चौतारी नेपालले प्रथम प्रादेशिक अधिवेशनबाट प्रदेश कमिटी चयन गरेको छ ।

चौतारीले सात वटै प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान र एशोसियटमा कमिटी चयन गरेको हो ।

प्रदेश १ मा अविजल विष्टको नेतृत्वमा नयाँ कमिटी गठन भएको छ भने मधेस प्रदेशमा फणि महत अध्यक्ष चयन भएका छन् ।

वागमतीमा शरद सापकोटा, गण्डकीमा इन्द्र पौडेल, लुम्बिनीमा शोभाखर पन्थी,कर्णालीमा प्रकाश अधिकारी र
सुदूरपश्चिममा कृष्ण ओली अध्यक्षमा चयन भएका छन् ।

उपत्यका प्रदेशमा विष्णु आचार्यको नेतृत्वमा कमिटी चयन भएको छ भने प्रतिष्ठान प्रदेशमा सरोज ढुङ्गेल र
एशोसियट प्रदेशमा श्रीहरि थापा नेतृत्वमा आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org