ताजा समाचार

आयाल निगमको कार्यकारी निर्देशकका लागि भट्ट, सिटौला र थानी सिफारिस

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस भएको छ ।

निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि गठन भएको सिफारिस समितिको बुधबार बसेको  बैठकले तीनजनाको नाम सिफारिस गरेको हो ।

सिफारिसमा पर्नेहरूमा गोरखा स्थायी घर भएको चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रसाद सिटौला र सुर्खेतका उमेशप्रसाद थानी रहेका छन् ।

आयल निगमको कार्यकारी निर्देशक पद रिक्त भएपछि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न गएको पुस २५ गते दरखास्त आह्वान गरिएको थियो । सोअनुसार १७ जनाको आवेदन परेको थियो । त्यसमध्ये समितिले तीनजनाको नाम सिफारिस गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयल प्रधानमन्त्री स्वयंले सम्हालिरहेको हुँदा उनले चाहेको व्यक्ति नै निगमको कार्यकारी निर्देशक नियुक्त हुने  पक्का छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलिमय पदार्थको मूल्यवृद्धिसँगै टाट पल्टिने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा निगमको नेतृत्वमा पुग्नेलाई ठूलै चुनौती छ ।

निगमले सात वर्ष लगाएर मूल्य स्थिरीकरण कोषमा जम्मा गरेको रकम पनि पछिल्लो दुई महिनायाताको इन्धन आयातको भुक्तानीमै सकिन लागेको छ ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकले निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org