तनहुँमा थुनछेक बहस सकेर पल शाहलाई फेरि नवलपुर लगिने
काठमाडाैँ । नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि नायक पल शाहविरुद्ध तत्काल थुनछेक बहस भने नहुने भएको छ।
गत बिहीबार नै शाहविरुद्ध बलात्कारको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो।
शुक्रबार विदा भए पनि आइतबारबाट थुनछेक बहस सुरु हुनुपर्ने हो। तर जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उनै नाबालिग गायिकाले बलात्कारको जाहेरी दिएकाले त्यहाँ थुनछेक बहसपछि मात्रै नवलपुर पठाइने भएको हो।
जिल्ला अदालतले तनहुँमा थुनछेक बहस सकिएपछि पललाई नवलपुर पठाइदिन पत्र पठाइसकेको अदालत स्रोतले जनाएको छ।
‘तनहुँ अदालतमा थुनछेक बहस सकिएपछि यता पठाइदिन भनेका छौं। त्यहाँ पुर्पक्षका लागि थुनामा पठाउने आदेश भए पनि नभए पनि अभियुक्तलाई यहाँ ल्याइन्छ’, अदालत स्रोतले भन्यो।
यसअघि बयानका लागि नवलपुर लगिएको थियो। एक साता गैँडाकोटमा राखेर पललाई पुनः तनहुँ पठाइएको हो।
गैँडाकोटमा २०७७ चैत ७ गतेको घटना भएकाले पहिले गैँडाकोटमा मुद्दा दायर भएको हो। एक वर्षभित्रमा मुद्दा दर्ता गरिसक्नु पर्ने कानुनी व्यवस्था छ। तर तनहुँमा भने गत असारको घटना भएको पीडितको जाहेरीमा उल्लेख छ।
तनहुँमा पनि केही दिन भित्रैमा मुद्दा दर्ता हुने भएको छ। अभियुक्तलाई पक्राउ गरेको २५ दिनभित्रमा मुद्दा दर्ता गरिसक्नुपर्छ।
गत फागुन १५ गते आफैँ प्रहरी कार्यालयमा हाजिर भएका शाह हिरासतमा रहेको २१ दिन भएको छ।
पछिल्लो पटक गत शुक्रबार उनलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। यसअघि पहिलो पटक ७ दिन र दोश्रो पटक १२ दिन म्याद थप गरिएको थियो।
जिल्ला अदालत नवलपुरमा उनलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ। उनीविरुद्ध बलात्कारको जाहेरी दिने नाबालिग १५ वर्ष ८ महिना ४ दिनको भएको पुष्टि भएको छ।
१८ वर्षभन्दा कम उमेरका नाबालिगलाई सहमतिमै करणी गरे पनि बलात्कार मानिने कानुनी व्यवस्था छ। १४ देखि १६ वर्ष उमेरका नाबालिग बलात्कार गर्नेलाई १२ देखि १४ वर्षसम्म कैद सजाय हुने उल्लेख छ।
Comments
अरु समाचार
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पीय धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै
काठमाडौं । बहुप्रतिक्षीत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा...
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही प्रदेशमा ठूलो वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ। मनसुनको...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
खिलेन्द्र पौडेललाई आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरियो
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन्। आइएमई लिमिटेड र जीएमइको मर्जरपछि बिदा भएका...
-
आज गाईजात्रा पर्व मनाइँदै,उपत्यकामा सार्वजनिक बिदा
काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर...