ताजा समाचार

पाँचथर उद्योग वाणिज्य संघमा गठबन्धनलाई झड्का, एमाले उम्मेदवार विजयी

पाँचथर । पाँचथर उद्योग वाणिज्य संघको अधिवेशनमा सत्ता गठबन्धनलाई झड्का लागेको छ।

अध्यक्षमा गठबन्धनका नरेन्द्र अधिकारीलाई पराजित गर्दै एमाले पक्षधरका नवराज घिमिरे अध्यक्षमा विजयी भएका छन्। घिमिरेले मत ६ सय ५२ प्राप्त गरे भने अधिकारीले  ५ ७३ मत पाए।

अधिकारी सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार हुन्। कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र संघिय समाजवादीबीच गठबन्धन थियो।

घिमिरे नेकपा (एमाले) का हुन्। एमाले र राप्रपाको गठबन्धन थियो। स्थापनादेखि पहिलो पटक पाँचथर उद्योग वाणिज्य संघको नेतृत्व कांग्रेसले गुमाएको हो।

पदाधिकारीमा भने सत्ता गठबन्धनका बहुमत उम्मेदवार विजयी भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org