ताजा समाचार

महन्थ ठाकुर अस्वस्थ, हेलिकोप्टरमा काठमाडौं ल्याइयो

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएका छन् ।

पार्टीको कार्याक्रमका लागि भैरहवा पुगेका उनी अस्वस्थ भएपछि बुधबार काठमाडौं ल्याइएको उनका निजी सचिव सत्येन्द्र मिश्रले जानकारी दिए ।

अस्वस्थ भएपछि ठाकुरलाई भैरहवास्थित भीम अस्पताल लगिएको थियो । तर, थप उपचारका लागि उनलाई हेलिकोप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको छ । उच्च ज्वरोको समस्या देखिएको मिश्रले बताए । अक्सिजन दिएर उनलाई काठमाडौंँ ल्याइएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org