स्थानीय सरकारले पाँच बर्षमा पुर्वाधार तयार गरे, अब नागरिकलाइ स्वरोजगार र आत्मनिर्भर बनाउनु पर्छ: युवा नेता सेर्पाली
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् वाइसीयलका केन्द्रिय सहसंयोजक सुबोधराज शेर्पालीले पाँच वर्षको अवधिमा पूर्वाधार निर्माणको काम गरेको बताउदै आगामी निर्वाचनपछि नागरिकलाई आत्मनिर्भर गराउने बताउनुभयो । रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ३ मा वाइसीयलले आयोजना गरेको बुथ केन्द्रको भेलालाई संबोधन गर्दै नेता शेर्पालीले यस्तो बताउनुभएको हो ।
स्थानीय सरकारको पाँच वर्षे कार्यकालमा पूर्वाधारतर्फको विकास गरेको बताउदै नेता शेर्पालीले अबको चुनावमा विजयी भएर नागरिकलाई आत्मनिर्भर र स्वरोजगार बनाउने बताउनुभयो । पार्टीलाई चुनावमा विजयी बनाउनको लागि सबै युवा र कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । अहिले वाइसियलको बुथ केन्द्रित कार्यक्रम गर्दै पार्टीको नारालाई मात्र लिएर गाउँमा गएको बताउदै नेता शेर्पालीले पार्टीले छिट्टै उम्मेद्वारको टुङ्गो लगाउने र उम्मेद्वारसहित पार्टीका एजेण्डा लिएर गाउँमा जाने बताउनुभयो । त्यतीन्जेलसम्मको लागी वाइसियलले नागरिकलाई मतदाता शिक्षा प्रदान गर्ने, मतदाताको अवस्था पहिचान गर्ने, सबै वाइसीयललाई सक्रियाताका साथ परिचालन गर्नुपर्नेमा नेता शेर्पालीले जोड दिनुभयो ।
माओवादी पार्टीले सिस्ने पालिकामा मात्र जितेर नहुँने बताउदै सबै वडा र पालिकामा जितेर नमुना सरकार सञ्चालन गर्दै संविधानमा परिकल्पना गरेको समाजवादको आधार निर्माण गर्ने दायित्व माओवादी नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै वाइसीयल नेपाल रुकुम(पूर्व) का जिल्ला संयोजक तिलक रेउले भाष्करले वडामा वाइसीयलको वडा र टोल समिति गठन तथा पर्नगठन गर्ने साथै वाइसियललाई मतदाताको सुरक्षा र कामकाजमा खटाउने बताउनुभएको छ । यस्तै अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य रेवन खड्काले आगामी स्थानीय तहको चुनावमा जसरी पनि माओवादी केन्द्रले जित्ने बताउनुभएको छ ।।
Comments
अरु समाचार
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...
-
उपसभामुख राना रूसी महासङ्घ प्रस्थान
काठमाडौं । उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने...
-
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण...