नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा टेलिकमबाहिरका पौडेल आए
काठमाडाैँ । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद् बैठकले बिहीबार साँझ टेलिकमबाहिरका पौडेललाई त्यहाँको प्रवन्ध निर्देशक नियुक्त गरेको हो।
टेलिकममा प्रबन्ध निर्देशक नियुक्ति गर्न सूचना तथा प्रसारण मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गरेको थियो।
उता टेलिकम कर्मचारीहरु भने संस्थाभित्रैबाट प्रबन्ध निर्देशक नियुक्त गर्न दबाब दिँदै आन्दोलनमा थिए। अर्याल नेतृत्वको समितिले पूर्वप्रबन्ध निर्देशक बुद्धि आचार्य र कम्पनीकै वरिष्ठ कर्मचारी संगीता पहाडीको नाम सिफारिस गरे पनि पौडेलले उनीहरुलाई उछिनेका हुन्।
प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल पुसमा समाप्त भएसँगै तीन महिनादेखि टेलिकमको सर्वोच्च पद खालि थियो।
सरकारले नियोजितरुपमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेललाई टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्नकै लागि नयाँ मापदण्ड ल्याईएको आरोप लाग्दै आएको थियो। सोही आरोपलाई पुष्टी गर्नेगरी उनले सो पदमा आवेदन समेत दिएका छन्।
विभिन्न विवादमा तानिएका व्यक्ति हुन् सुनिल पौडेल । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पौडेललाई राष्ट्रिय सूचना प्रविधि केन्द्रमा नियुक्त गरेका थिए ।
त्यहाँ नियुक्त गरेसँगै पौडेल सूचना प्रविधिसम्बन्धी खरिद प्रक्रियामा विवादमा तानिएका थिए । विभिन्न सरकारी खरिदको परामर्शदातासमेत रहने गरेका पौडेलमाथि निश्चित व्यवसायीलाई मात्र स्पेसिफिकेसन मिल्ने गरी काम गर्ने गरेको आरोप लाग्दै आएको छ ।
मेसिन रिडएवल पासपोर्ट (एमआरपी), इम्बोस्ड नम्बर प्लेट, नेसनल पेमेन्ट गेटवे, स्मार्ट लाइसेन्स, बैङ्क नोट, इम्बोस्ड नम्बर प्लेट, अन्तःशुल्क स्टिकर ग्रुपवेयर लगायतको खरिदका लागि सेटिङ मिलाउने मुख्य भूमिका सुनिल खेलेको आरोप छ ।
उनकै कार्यकालमा महालेखा परीक्षकको प्रतिवेदनले ठूलो मात्रामा रकम दूरुपयोग भएको र बेरुजु भएको देखाए को छ। पाैडेल लगानी बोर्डका कार्यकारी निर्देशक शुशिल भट्टका निकटका व्यक्ति मानिन्छन । पावर ब्रोकर दिपक भारतीसमेत पाैडेललाई प्रबन्ध निर्देशक बनाउन लागी परेका छन ।
Comments
अरु समाचार
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...
-
दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति, यहिसाताबाट अग्रिम बुकिङ खुलाईने
काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर सार्वजनिक यातायातकोअग्रिम टिकट यही साताबाट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र...
-
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
काठमाडौं । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
काठमाडौं । क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...
-
विश्वकप लिग–२: आज नेपाल र क्यानडा भिड्दै
काठमाडौं । क्यानडामा जारि विश्वकप लिग–२ अन्तर्गतका सुरुवाति दुई खेलका नतिजा आफ्नो पक्षमा पार्न असफल नेपाली क्रिकेट टोलीले आज चिरपचिरचित...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...