ताजा समाचार

नेपाल बारको निर्वाचनमा गठबन्धनको क्लीन स्वीप, अध्यक्षमा गोपालकृष्ण विजयी

काठमाडौं । नेपाल बार एसोसिएसनमा सत्तारुढ गठबन्धननिकट कानून व्यवसायीहरूको संयुक्त प्यानल विजयी भएको छ ।

अध्यक्षमा गोपालकृष्ण घिमिरेसहित सबै पदमा सत्तारुढ गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका हुन् ।

कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका घिमिरेले नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई बार अध्यक्षमा पराजित गरेका हुन् ।

त्यस्तै महासचिवमा गठबन्धन उम्मेदवार अञ्जिता खनाल र कोषाध्यक्षमा भरतबहादुर राउत विजयी भएका छन् ।

अन्य पदाधिकारी र सदस्यहरूमा पनि घिमिरे प्यानलकै उम्मेदवारहरूले जित हासिल गरेका छन् ।

२५ सदस्यीय कार्यसमितिका लागि गत चैत १९ मा भएको निर्वाचनमा ७४२९ मत खसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org