ताजा समाचार

निर्वाचनमा माधव नेपालको पार्टीको तीन सिट ल्याउने हुति छैनः ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा माधवकुमार नेपालले तीन सीट पनि नल्याउने दावी गरेका छन्।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपाललाई तीन सिट ल्याएर देखाउन समेत चुनौती दिए। उनले भने, ‘माधव नेपाल र उनी नेतृत्वको पार्टी २२/२३ सिट ल्याउने हुति भएको पार्टी हो ?  अब तीन सिट ल्याएर देखाउन्त । पार्टीभित्रको कुरा दिइयो खुरु खुरु साथीहरुलाई । अहिले त जसले दौडेर भित्तो छुन्छ त्यो मन्त्री भन्ने प्रतिष्पर्धा पो भयो त । प्रचण्डको ५४/५४ सिट आउने हो चुनावमा । चारवटा सिट आउँदैन भनेर हामीसँग मिल्या होइन । ‘

एमालेले हरेक क्षेत्र सुक्ष्म तरिकाले हेरिरहेको बताए। ‘स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु सक्रिय छन् । स्वास्थ्य शिक्षाको हव हुनुपर्छ नेपाल ,’उनले भने,’ विश्व हेल्थका निमित्त मोडेल हस्पिटल हुनुपर्छ ।’ भ्रष्टाचार गर्नेहरुले नै वाइडबडीको कुरा गर्ने गरेको उनले बताए । भ्रष्टहरुले नै सदाचारको कुरा उठाएको ओलीको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org